टुहुरालाई साहायता जुटाउदै शिव

दीपेन्द्र बस्नेत
पुनर्वास,कञ्चनपुर जेठ २८
रोजगारी गर्न अमेरिकाको क्यालिफोर्निया प्रवासमा रहेका युवा शिव बिष्टले पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासका अशाय टुहुरा र जेहेन्दार बालबालिका लाई शैक्षिक समाग्री साहायता गरेका छन ।
img_20180611_091232-1494290133.jpg
गरिबीको कारण शिक्षा आर्जनबाट बञ्चित हुँदै आएको समुदायका बालबालिकाहरुको शिक्षा दिक्षामा सघाउन शिवले आफ्नो मासिक कमाईबाट केही रकम साहायता जुटाउन खर्चिदै आएका छन् । हरेक वर्ष आफ्नो जन्म भुमी पुनर्वासका बिपन्न गरिब समुदायका बालबालिकाको शैक्षिक बिकासका लागि लगानी गर्दै आएका शिवले पठाएको शैक्षिक सामाग्री सोमबार एक कार्यक्रमको आयोजन गर्दै बितरण गरिएको थियो ।
fb_img_15286905958155935-1088922388.jpg
अमेरिकाको क्यालिफोर्नियामा रोजगारी गर्दै आएका शिवले जुटाई दिएको शैक्षिक सामाग्री पुनर्वासका ४ वटा बिधालयका ४० जना बिद्यार्थीहरुलाई ग्रामिण जागरण बिकास मंच नेपाल नामक स्थानिय संस्थाले बितरणको चाँजोपाँजो मिलाएको थियो ।

सामाजिक क्षेत्रमा समेत सकृय रहदै आएका ४२ वर्षिय शिव बिष्ट रोजगारका लागि प्रवासमा रहेर पनि नेपाली धर्ती र बिपन्न बालबालिकाको शैक्षिक बिकासमा साहायता जुटाउदै आएका छन् । परोपकारी स्वभावका मनकारी शिवले बिगतका वर्षहरु देखि नै साहायता गर्दै आएका उनले पुनर्वास क्षेत्रका दुई दर्जन बिधालयमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री साहायता गरेका छन ।
img_20180611_085240-1630291377.jpg

सोमबार पुनर्वासको त्रिभुवनबस्ती स्थित नगरपालिकाको सभाहलमा स्थानिय संस्था ग्रामिण जागरण बिकास मंचले आयोजना गरेको शैक्षिक सामाग्री प्रमुख अतिथी पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले गरेका थिए ।

राजेन्द्रसिह धामीको सभापतित्वमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट धामी बिशिस्ट अतिथी र सञ्चालन रुपेश खरेलले गरेका थिए ।

Advertisements

2 thoughts on “टुहुरालाई साहायता जुटाउदै शिव

  1. Good article, good read so I am going to reblog this article for you.

    Liked by 1 person

Comments are closed.

Create your website at WordPress.com
Get started
%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close