जागौ युबासंस्थाद्वारा धनगढी उपमहानगर पालिकाको क्याम्पस चोकमा सरसफाइ

बीर बहादुर सिहँ /धनगढी, असार २
“आफ्नो आगनको सरसफाइ आफै गरौ,स्वच्छ र सफा वातावरण निर्माणमा हातेमालो गरौ”भन्ने मूल नाराका साथ जागौ युबासंस्थाद्वारा धनगढी उपमहानगर पालिकाको क्याम्पस चोकमा आज धनगढी उप महानगरपालीकाका मेयर नृप वडको आथित्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।35329609_468470703589219_8151897118068441088_n

आफ्नो स्थापना कालको छोटो समयमा नै आज सरसफाई कार्यक्रम सम्पन्न भएकोमा यस संस्थाका अध्यक्ष आभास उपाध्यायले खुसी ब्यक्त गरेका छन, साथै आगामी कार्यक्रमहरुमा पनि सम्पुर्णको साथ र सहयोग अपेक्षा समेत गरेका छन । उक्त कार्यक्रमलाई साथ र सहयोग दिनका लागि सामथ्र्य नेपाल धनगढी,सहयोगी हातहरु,साझा संचार प्रा. लि ,प्रहरी, पत्रकार लगायत बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी बाट बोल्दै वडले धनगढी उपमहानगर पालिका भित्र रहेका सम्पूर्ण वडाहरुमा खबरदारी गर्न आग्रह गरेका छन । साथै आगामी दिनमा संस्थालाई जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताए ।35405020_468470696922553_5162455590626131968_n.jpg

उक्त सरसफाइ कार्यक्रम अध्यक्ष आभास उपाध्यायको सभापतित्वमा भएको थियाे भने कार्यकमलाइ सचिब पदमराज जाेशीले सञ्चालन गरेका थिए ।

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close